सुर्खेत ।
कर्णाली प्रदेश सभाको छैटौँ अधिवेशन मंगलबारबाट सकिएको छ । अधिवेशनमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भएको थियो । बजेट माथिको छलफलमा भाग लिने सत्तापक्ष र प्रतिपक्ष दलका सांसदरुको चर्को असन्तुष्टि व्यक्त गरेका थिए । मंगलबार भौतिक पुर्वाधार तथा विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटको विषयमा छलफल भएको थियो ।
छलफलमा भाग लिदै नेकपाका सांसद दानसिंह परियारले प्रदेश सरकारको बजेट संसोधन कसरी भएको भन्दै आफूले नबुझेको बताएका
थिए । सांसद परियारले पहिलेका बैठकमा अन्य सांसदले उठाएका कुरालाई निकाल्दैँ हामीले गर्न खोजेको मुख्य काम के हो भन्दै प्रश्न समेत गरे । ‘कम्युनिष्ट नेताहरुले संदनमा आएर भाषण, गफ गर्ने, कसैले चुटकिला सुनाउँने, कोही पार्टीको कुरा मात्रै गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । सांसद परिवारका अनुसार मन्त्रालयले अब कहिले रातो, कहिले सेतो, कहिले हरियो किताब मात्रै निकाल्ने गरेको छ ।
जनता मुखी बजेट आउनु पर्नेमा त्यसो हुन नसकेको उनले आरोप लगाए । यस्तै अर्का सांसद सुशिल कुमार थापाले दुवै मन्त्रालयको बजेट निकै फितलो भएको बताएका थिए । कर्णालीका १० जिल्लाका २४ वटा निर्वाचन क्षेत्रका १७ लाख नागरिकको लागि कुनै काम कार्यान्वयन हुने कुराहरु सबै पुरा नभएर र अधुरै रहेको बताए ।
यस्तै मंगलबार भएको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश योजना आयोगको कार्यालय, प्रमुख प्रदेशको कार्यालय, मुख्यन्ययाधिवक्तको कार्यालय तथा प्रदेश लोकसेवा आयोगको कार्यालयका चालु आवका प्रगती र आगामी वर्षको बजेट र योजनाका बारेमा छलफल भएको थियो ।









प्रतिक्रिया दिनुहोस्