कर्णालीमा ४९ ले जिते कोरोना,६ जना थपिए



सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा नयाँ ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार ४९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडीटी र पीसीआर परीक्षणमा कालिकोटका २३ वर्षका एक पुरुषमा र भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको परीक्षणमा सुर्खेतका दुई पुरुष एक महिला र दैलेखका एक पुरुष र वीरेन्द्रनगर जगरपालिका ८ मा स्वाब संकलन भएका स्याङ्जाका एक पुरुष गरेर जम्मा ६ जनामा नयाँ संक्रमया देखिएको हो । यो सँगै कर्णालीमा संक्रमणको संख्या एक हजार चार सय ७४ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार बिहिबार ४९ जना डिस्चार्ज भएका मध्ये ६३ पुरुष र आठ महिला रहेका छन् । बिहिबार लेकबेशी आइसोलेसन सेन्टरबाट ३३ जना पुरुष र दुई जना महिला, प्रदेश अस्पताल सुर्खेतबाट दुई जना पुरुष, गुर्भाकोट आइसोलेसन सेन्टरबाट नौँ जना पुरुष डिस्चार्ज भएका थिए । यस्तै सिम्ता आइसोलेसन सेन्टरबाट तीन जना पुरुष, साल्कोट आइसोलेसन सेन्टरबाट दुई जना पुरुष गरी जम्मा ४९ जनाले कोरोना जितेका हुन् ।

यो सँगै कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या एक हजार एक सय २७ पुगेको महाशाखा प्रमुख डा तिवारीले जानकारी दिए । अब कर्णालीमा तीन सय ४१ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रबार