तुलसीपुर ।
तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छिन ।
तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन । गौतमको यसअघि विहे भएको र डिभोर्स भएको खुल्न आएको डिएसपी सिंहले भने ।
गौतम माइती घरमा बस्दै आएकि थिईन । आफन्त नजिक कोईरैनछन, थप कुरा पत्ता लगाउँदैछौ । गौतमकी छोरी पहिलाको श्रीमान्संग भएको भन्ने कुरा छ, यसबारेमा बुझ्दैछौ उनले भने । बुवा आमा भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।
प्रकाशित मिति : २०७७ असार १८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्