बर्दियामा सलह रोकथामको तयारी



रावन विश्वकर्मा, बाँसगढी ।

बर्दियामा सलह किरा देखिएसँगै रोकथामको तयारी शुरु भएको छ । सलह किराको प्रकोप नियन्त्रण र रोकथाम व्यवस्थापनको लागि मंगलबार कृषि विषयगत क्षेत्रसँग बैठकले सबै पालिकाले तत्काल रोकथाम र नियन्त्रणको काम शुरु गर्ने निर्णय गरेको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक लिलाधर अधिकारीको अध्यक्षतामा विपद् व्यवस्थापन समिति अन्र्तगत कृषि विषयगत क्षेत्रको बैठकमा मार्फत विपद् व्यवस्थापन समितिले सबै स्थानीय तहहरुले तत्कालै विपद्को रुपमा देखिएको सलह प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि पुर्व तयारीसँगै प्रतिकार्य योजना बनाई लागु गर्न अनुरोध गरिएको हो ।

बैठकले सलह किरा नियन्त्रणका लागि कृषक समूह र कृषकहरुसँग पुग्ने गरी प्रचारप्रसार कार्यलाई तिव्रता दिने, किरा नियन्त्रणमा आवश्यक पर्ने सामग्री तत्काल खरिद् गर्ने किरा नियन्त्रण सम्बन्धि गतिविधिको बारेमा कृषि ज्ञान केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिलाई दैनिक प्रतिवेदन गर्ने लगायत निर्णय गरेको थियो । बर्दियाको गेरुवा गाँउपालिका १ जनकनगर र बगहिपुरमा सलह किरा देखा परेको छ ।

अन्य ठाउँमा फैलिन नदिन सक्रिय रुपमा रोकथाम र नियन्त्रणको लागि बर्दियामा पूर्व तयारी शुरु भएको हो । मंगलबार बगहीपुरमा गाउँका मान्छेले ३ किलो बढी सलह किरा ल्याएर गेरुवा १ का वडा अध्यक्ष दयाराम थारुलाई देखाएका थिए । बर्दियामा सलह किरा भित्रिएसँगै किसानहरु चिन्तित बनेका छन् । पहिलो पटक शनिबार नेपालमा भित्र्एिको सलह अहिले सम्म ५२ भन्दा धेरै जिल्लामा देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १८ गते बिहीबार