नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा शनिबार रक्तदान गरिएको छ । सामाजिक कार्यमा सक्रिय लायन्स क्लवको विभिन्न शाखाको समन्वय र डोनर ग्रुपद्वरा संयुक्त रूपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ६० जना युवायुवतीले रक्तदान गरेका थिए । लायन्स क्लब अफ नेपालगञ्ज बजारका द्वितीय उपाध्यक्ष मोहम्मद राईले विरामीलाई रगत जतिबेला पनि आवश्यक पर्ने भएकाले संयुक्त रुपमा मिलेर रक्तदान कार्यक्रम गरिएको जानकारी दिए ।
लामो समयको बन्दाबन्दी र त्यसपछिको विषम परिस्थितिमा जिल्लामा सबै गु्रपको रगत अभाव नभएपनि केही प्रकारका ग्रुपको रगत अभाव भने देखिएको छ ।
जिल्लाका सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका संघ संस्थाले रक्तदान कार्यलाई यस विषम परिस्थितिमा पनि जारी राखेकाले ठुलो अभाव भने नभएकोे भेरी अस्पताल परिसरस्थित रक्तसञ्चार केन्द्रले जनाएको छ ।
सबैलाई रक्तदान गर्न केन्द्रले आग्रह समेत गरेको छ । यहाँ खासगरी विभिन्न समयमा हुने कार्यक्रमबाट संकलन हुने रगतले नै विरामीहरुको माग धान्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्