कोहलपुर ।
बाँके कोहलपुर क्षेत्रका ५ वटा क्वारेन्टिनहरुमा जन्मदिनको अवसर पारेर एक युवा हरियो तरकारी सहयोग गरेका छन् । अखिल नेपाल स्वतन्त्र यूनियन (अनेरास्ववियू) नेता तथा शुभ लक्ष्मी स्टोरका सञ्चालक हेमन्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा क्वारेन्टिनमा तरकारी सहयोग गरेका हुन् ।
कोहलपुर नगरपालिका बागेश्वरी क्याम्पस, जनज्योति माध्यामिक विद्यालय, नेपाल राष्ट्रिय आधारभुत विद्यालय खड्कवार, लक्ष्मी माध्यामिक विद्यालय वदर्हवा र नेपाल राष्ट्रिय आधारभुत विद्यालयका क्वारेन्टिनमा तरकारी सहयोग गरेका थिए ।
प्रति क्वारेन्टिन काँक्रा, करेला, लौका, सिमी, कागति र टमाटर गरी ३० किलो बराबरको तरकारी सहयोग गरिएको विद्यार्थी नेता भट्टराईले जानकारी दिए । ‘अहिले कोरोना क्षेत्रबाट आएका नेपाली नागरिकलाई तरकारी अभाव नहोस भन्ने उद्देश्यले सहयोग गरेको हुँ’ उनले भने, ‘जन्मदिनको अवसरमा अन्य क्षेत्रमा निकै खर्चलो गरिरहेका हुन्छन् । मैले अहिले विपद् परेका नेपालीहरुलाई सानो सहयोग मात्र गरेको हुँ ।’
यसअघि समेत उनले लकडाउन प्रभावकारी गराउन सडकमा खटिएका सुरक्षकमीहरुलाई फलफुल वितरण गरेका थिए । लकडाउनको अवधीमा समस्यामा परेका वडा नम्बर १२ का दुई सय बढी घरपरिवारलाई तरकारी समेत सहयोग गरिएको उनले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्