युवा प्रतिक र अधिवक्ता बुद्ध घिसिङद्धारा असहायलाई सहयोग



कोहलपुर :

बाँकेको कोहलपुर र जुम्लाका असहाय नागरिकहरुलाई दुई जन व्यक्तिहरुलाई सहयोग गरेका छन ।

युवा प्रतिक बिष्ट र अधिवक्ता बुद्द घिसिङले दुई क्षेत्रका नागरिकहरुलाई आर्थिक सहयोग गरेका हुन् । उनीहरुले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई दुई जना व्यक्तिगत सहयोग गरेका थिए ।

उनीहरुको बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ का विभिन्न क्षेत्रमा बेवारिसे अवस्थामा बसोबास गर्दै आएका आधा दर्जन नागरिकलाई आर्थिक सहयोग स्वरुप खाद्यान्न सहयोग गरिएको हो । यस अघि दुवै जनाले देशका अन्य जिल्लामा समेत सहयोग गरेका थिए ।

दुवै जनाले विषेश गरेर लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २ गते मंगलबार