कोहलपुर ।
विश्व रक्तदान दिवसको अवसरमा बाँकेको कोहलपुरमा बृहत रक्तदान कार्यक्रममा ४० प्वाइन्ट रगत संकलन गरिएको छ । मानव सेवामा क्रियाशिल यहाँका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आइतबार गरिएको रक्तदान कार्यक्रममा ४० प्वाइन्ट रगत संकलन भएको हो ।
रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका प्रमुख लाल बहादुर रानाका अनुसार रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले रगत दान गरेका थिए । उनले सोही अवसरमा कोहलपुर क्षेत्रमा सबैभन्दा धेरै ६५ पटक रक्तदान गर्ने रक्तदाता हेम कुमार रावतलाई सम्मान गरिएको जानकारी दिए ।
सम्मान गरिएका रावत रेडक्रस उप–शाखा कोहलपुरका पूर्व अध्यक्ष समेत हुन् । कार्यक्रमका प्रमुख अथिति समेत रहेका रावतले रगतदान गर्नु नै जीवन दान जस्तै भएको बताएका थिए । रगतदान पनि एक सामाजिक सेवा रहेको भन्दै सबैले रगतदान गर्नुपर्नेमा जोड दिए । रेडक्रस उप–शाखा कोहलपुर सभापति नारायण गौडेलले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण रगतको चरम अभावलाई कम गर्न रक्तदान कार्यक्रमहरूको आयोजना गरिएको
बताए ।









प्रतिक्रिया दिनुहोस्