नेपालगञ्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नदिजन्य पदार्थ चोरी निकासीमा संग्लनहरुलाई मुद्दा चलाएको छ । राप्ति नदिमा अबैध दोहन गर्ने ९ जनालाई आइतबार बिहान बाँके प्रहरीले ३ वटा ट्याक्टरसहित पक्राउ गरेको थियो । डुडुवा गाउँपालिका वडा नम्बर ४ साहपुरवाबाट अवैध बालुवाको चोरी पैठारी हुँदै गरेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । भे १ त ४५८, भे १ त ५२७० र भे १ त ८१५७ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिइएका हुन् ।
सोधपुछका क्रममा ट्रयाक्टरमा सवारहरुले प्रहरीसँग विवाद गर्दै अभद्र व्यवहार गरेकाले पक्राउ परेकाहरुमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । लकडाउनको मौका छोपेर बाँकेका खोलानाला तथा नदिहरुमा तस्करहरुले रातदिन अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन्लाई तिव्रता दिइरहेका छन् । त्यतातर्फ भने स्थानीय प्रहरीले ध्यान दिन सकेको छैन । आइतबार बिहान नियन्त्रणमा लिइएका ट्रयाक्टर तथा सोमा लोड बालुवा आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिती बाँकेमा बुझाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समेत अवैध उत्खनन् विरुद्ध कारबाही अगाडि बढाइएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्