रावन विश्वकर्मा, बाँसगढी,
लिम्पिराधुरा सहितको नेपालको नयाँ नक्सा पारित गर्ने ऐतिहासिक निर्णयको स्वागत गर्दै बर्दियाको बाँसगढीमा दिप प्रज्वलन गरिएको छ । बाँसगढीका युवा अभियन्ता विपिन पौडेल, एकनारायण अधिकारी रविन्द्र उपाध्याय सहितका युवाहरुको सक्रियतामा बाँसगढीमा दिप प्रज्वलन गरिएको हो । लिम्पियाधुरा सहितको नयाँ निशान छाप बनाउन गरिएको संविधान संशोधन प्रस्ताव र सरकारले जारी गरेको नयाँ नक्सा समेत प्रतिनिधी सभाबाट सर्वसम्मतले पारित गरिएको खुसीयालीमा स्वस्फुर्त रुपमा बाँसगढीमा दिप प्रज्वलनमा स्थानियहरु सहभागि भएका थिए । जारी नेपालको नयाँ नक्सा र नेपालको झण्डा सहित सहभागिहरुले बाँसगढीको मुख्य चोकमा दिप प्रज्वलन गरिएको थियो ।

दिप प्रज्वलन कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, नेपाली काँग्रेस बाँसगढी सभापति गोविन्द प्रसाद रेग्मी, राप्रपा संयुक्तका सुर्य बहादुर सिंङ, जनमोर्चाका तोयानाथ अधिकारी, बाँसगढी ५ का वडा अध्यक्ष नरेन्द्र गिरी, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारु, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख ईन्द्रजित सुनार लगायत समाजसेवी, बुद्धिजिबी, व्यापारी स्थानिय युवा लगायतको सहभागिता रहेको थियो । ‘दिप प्रज्वलन कार्यक्रममा नयाँ नक्साको साथ साथै अव भुगोल प्राप्त गर्नु छ । यसमा सरकारलाई सबैको समर्थन छ । भौगोलिक अखण्डता जस्तो अहम विषय दलिय वा व्यक्तिगत नभई साझा राष्ट्रिय बिषय हो । संविधान संसोधन प्रस्ताव स्वागत योग्य छ । लगायतका प्ले कार्ड समेत राखिएको थियो ।’









प्रतिक्रिया दिनुहोस्