नेपालगञ्ज ।
२ लाख बढीको अवैध सुर्तीजन्य पदार्थसहित मोटरसाइकललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको समयमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नेपालगञ्ज १५ को टंकपसेरी इलाकाबाट सशस्त्र प्रहरीले सुर्तीजन्य पदार्थसहित मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
भन्सार गुल्मका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष कुमार शर्माको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल र सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको थियो ।
अवैध बस्तु बोक्न प्रयोग भएको भे ४ प ७५८६ नम्बरको मोटरसाइकल समेत सशस्त्रले नियन्त्रणमा लिएको छ । मोटरसाइकलबाट ३९ प्याकेट गुट्खा नियन्त्रणमा लिइएको थियो ।
गुट्खा र मोटरसाइकलको मुल्य एक लाख ५८ हजार ८ सय रहेको अनुमान गरिएको छ । त्यसैरी भन्सार गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक खगेन्द्र बहादुर विकको कमाण्डमा खटिएको टोलीले २४ हजार मुख्य बराबरको पानको पत्ता समेत बरामद गरेको छ ।
उनको टोलीले जयसपुरमा चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ४० किलो पानको पत्ता बरामद गरेको हो ।
त्यसको मुल्य २४ हजार जती रहेको बताइएको छ । पानका पत्ता सरोकारवालाको रोहवरमा नष्ट गरिसकिएको छ ।
सुर्तीजन्य पदार्थ गुट्खा र मोटरसाइकल भने सशस्त्र प्रहरीले आवश्यक कारबाहीका नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।









प्रतिक्रिया दिनुहोस्