श्रेष्ट कटपीस सेन्टरद्वारा क्वारेन्टिनमा बसेका नागरिकलाई सहयोग



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको श्रेष्ट कटपीस सेन्टरद्वारा क्वारेन्टिनमा बसेका नागरिकहरुलाई जिन्सी सामान सहयोग गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बागेश्वरी बहुमुखी आंगिक क्याम्पसमा रहेका ६५ जनालाई जिन्सी सामान हस्तान्तरण गरेको श्रेष्ट कटपीस सेन्टरका प्रोपाइटर दुर्गा प्रसाद श्रेष्टले जानकारी दिए ।

कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कर्ण थापा र कार्यपालिका सदस्य कल्पना अधिकारीलाई संयूक्त रुपमा हस्तान्तरण गरेको श्रेष्टले जानकारी दिए । उनले चामल, दाल, चना, साबुन लगायत अन्य जिन्सी सामानहरु सहयोग गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २७ गते मंगलबार