कोहलपुर ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहलपुरबासी संयमित रहन आग्रह गरेका छन् । उनले अहिले सम्म कोहलपुरमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि नभएको र नगरपालिकाले सुरक्षा अपनाईरहेकको भन्दै संयमित हुन आग्रह गरेका हुन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना अछामका महिलामा कोरोना संक्रमण पुष्टि भएपछि यहाँका स्थानीय त्रसित भएका छन् ।
यही विषयमा रेडियो मिसनसँगको कुराकानी गर्दै उनले अपवाहका पछि नलाग्न र संयमित हुन आग्रह गरेका थिए । अहिले कोहलपुर नगरपालिकाले भारतबाट आएका र क्वारेन्टाइनमा रहेका नागरिकको आरडिटी परिक्षण भइरहेको जानकारी दिए । कोहलपुरमा करिब ६ जना क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहर सबै भारतबाट आएका हुन् । कोहलपुरमा अहिले सम्म कोरोना पुष्टि भएको छैन ।
प्रकाशित मिति : २०७७ जेठ २७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्