कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेकी गर्भवती महिलामा कोरोना पुष्टि



कृष्ण ओली ।

बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आएकी एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार अछामबाट हेलिकोप्टरमा थप उपचारका लागि कोहलपुर ल्याइएकी उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रहरी जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

दिशा रोकिएर थप उपचारका लागि ल्याइएकी २५ वर्षिय गर्भवती महिलामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

‘कोहलपुरमा अस्पतालमा उपचारमा आएकी एक महिलामा कोरोना पुष्टि भएको छ’ उनले भने, ‘अहिले उहाँलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्था छ ।’

सोमबार दिउँसो सिम्रिक एयरको हेलिकोप्टर मार्फत अछामबाट उक्त महिलासहित अन्य एक बिरामी र उनीहरुका आफन्तलाई कोहलपुर ल्याइएको थियो ।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २७ गते मंगलबार