बनकटवा दुग्ध संस्थाद्वारा क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई अपन्त्व अनुभव जगाउन खिर



काेहलपुर ।

बाँकेकाे बैजनाथ गाउँपालिकामा रहेकाे बनकटवा दुग्ध उत्पादक सहकारी स्ंस्थाले बैजनाथ गाउँपािलकामा रहेका क्वारेन्टाइनहरुमा बस्दै आएका नागरिकहरुलाई खिर खुवाएका
छन्र ।

बनकटवा दुग्ध उत्पादक सहकारी स्ंस्था अध्यक्ष कुल प्रसाद पौडेलले प्रभात नमुना मा.बि, गुरुवा गाउँ स्कुल, बनकटुवा स्कुल , छ्मनिया स्कुलमा बस्नु भएका नागरिकहरुलाई खिर खुवाएका हुन । बाहिरी मुलुकबाट आएको नागरिकहरुलाई अपन्त्व फिल गर्नका लागि याे कार्य गरेकाे अध्यक्षा पाैडेलले बताए ।

यस्तै संस्थाका व्यवस्थापक दिपक कार्कीका अनुसार  बैजनाथका क्वारेन्टाइनहरुमा बस्दै आएका स्थानीय नागरिकहरुलाई खाजा स्वरुप जम्मा २६७ जना क्वारेन्टाइनमा बसेका नागरिक सुरक्षाकर्मि लाई सहित कुल ३०० जनालाई खिर खुवाएकाे बताए ।

यस अघिपनी उत्त सहकारी सस्थाले बाटोमा अलपत्र परेका बटुवा ड्युटीमा खटिएका सुरक्षाकर्मीहरु लगाएत बैजनाथको स्थानीय सरकारलाई सहयोग गर्दै आएको छ । अबका दिनहरूमा पनि सहयोग गर्ने अपेक्षाका साथ बिहिवार गरेको सहयोगको लागी सस्थालाई गाउँपालिका अध्यक्षा मान बहादुर रूचालले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका
थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २२ गते बिहीबार