कोहलपुर ।
बाँकेमा मंगलबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लाका राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको हो ।
कुन गाउँपालिकामा कति जना संक्रमित भन्नेबारे जानकारी आउन बाँकी रहेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या दुई सय नाघिसकेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।
प्रकाशित मिति : २०७७ जेठ २० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्