बाँकेको अगैया दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन, इमरजेन्सी कक्षमै आइसोलेसन



कोहलपुर/  बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परेका सबैको स्वाब संकलन गरिएको छ। भेरी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डाक्टर प्रकाश थापाका अनुसार दुर्घटनाका मृतक र घाइतेहरु सबैको स्वाब संकलनको काम भइरहेको छ । अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन भइरहेको उनले जानकारी दिए। उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो। नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राती अगैया भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ। अन्य २१ जना घाइते छन्। मृतकको शव र घाइतेलाई भेरी अस्पताल लगिएको छ। घाइतेको उपचार भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार