पूर्व मन्त्री सुनार भन्छन् : ‘रुकुम हत्याकाण्ड जातीय नरसंहार हो ,अब जात व्यवस्था ढाल्छौ’ भिडियो सहित



कोहलपुर :
जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा भएको हत्याकाण्डका दोषिलाई कारबाहीको माग गर्दै कोहलपुरमा ¥याली तथा कोण सभा गरिएको छ ।

आइतबार विहान संयुक्त दलित संघर्ष समिति बाँकेको आयोजनामा ¥याली तथा कोण सभाको आयोजना गरिएको हो । संयुक्त कोण सभालाई सम्बोधन गर्दै पूर्व सिचाई राज्यमन्त्री दल बहादुर सुनारले २१ शताब्दीमा पनि जातको आधारमा निर्दोष युवाको हत्या गरिनु मानवीय संवेदनहिन अपराध भएको बताए ।

उनका अनुसार अहिले सिंगो दलित समुदायको अस्मिता माथि प्रहार भएकोले अब देशको व्यवस्था नै परिवर्तन गर्नको लागि सिंगो दलित समुदाय एकजुट हुनुपर्छ ।‘हाम्रा यूवालाई कुटिकुटि मारिएको छ । हत्या गरिएको छ । अब सबै दलित एकजुट भएर आन्दोलन गर्छौ ।’ पूर्वमन्त्री सुनारले भने ।

उनले हत्यामा सलंग्न माथि कडा भन्दा कडा कारबाहीको समेत माग गरेका छन् । कोहलपुरका सयौ अधिकारकर्मी, स्थानीय र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १८ गते आइतबार