बाँकेमा जुम मार्फत कृष्ण सेन स्मृति दिवस



कोहलपुर ।

प्रेस संगठन बाँकेले पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘ इच्छुक’ १८ औँ स्मृति दिवस अनौपचारिक रुपमा मनाएको छ ।

विगतमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउदै आएको संगठनले यस वर्ष भने कोरोना कहरका कारण औपचारिक कार्यक्रम नगरिएको जनाएको छ ।

एक प्रेस विज्ञप्तिमा जारी गर्दै प्रेस संगठन बाँकेले स्वर्गीय सेनले जनपक्षीय पत्रकारिता, राजनीतिक, सामाजिक रुपान्तरणको लागि निकै ठूलो योगदान रहेको जनाएको थियो ।

‘यहाँको नेपालमा जनपक्षीय पत्रकारितामा ठूलो योगदान रहेको छ । साँस्कृतिक तथा साहित्यिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

हामी सधै सेनको योगदानको कदर गर्छौ ’ संगठनका संयोजक डक्ट प्रसाद धिताल र सह–संयोजक हेमन्त वि.क.द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । कोरोना कहरका बीच भेला भएर दिवस मनाउन सम्भव नभएकोले प्रविधिको प्रयोग गर्दै जुम मार्फत सम्पूर्ण पत्रकारहरु बीच कुराकानी र छलफल भएको थियो ।

यस्तै सम्पूर्ण जिल्लास्थित पत्रकारहरुलाई कोरोना महामारीको समयमा सचेत भएर समाचार सम्प्रेरण गर्न आग्रह गरेको छ । वि.स. २०१३ साल कार्तिक ३ गते जन्मिएका सेन २०५९ जेष्ठ ६ गते गिरप्तारीमा परेका थिए ।

उक्त साल जेष्ठ १३ गतेका दिन हिरासतमा हत्या गरिएको थियो । स्वार्गीय सेनका शोकाञ्जली, इतिहासका यस घडिमा र बन्दी र चन्द्रागिरी जस्ता कृति प्रकाशित छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १४ गते बुधबार