स्वयम्भू प्रहरी चौकीका असईले गोली हानी गरे आत्महत्या



काठमाडौं।

स्वयम्भू प्रहरी चौकीमा कार्यरत असई विष्णु प्रसाद कार्कीले गोली हानेर आत्महत्या गरेका छन्।

उनले आफ्नो दाहिने कञ्चटमा पेस्तोलबाट गोली हानेका हुन्।

उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान जारी रहेको अपराध महाशाखाका एसएसपी दिपक थापाले बताएका छन्। Setopati.com

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ११ गते आइतबार