बाँकेमा पहिलोपटक स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुरा गाउँपालिकाकी स्टाफ नर्स हुन् ।
खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ वर्षकी ती संक्रमित महिला स्टाफ नर्स रहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खटिएकी स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बाँकेमा मात्रै १ सय १ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मिति : २०७७ जेठ ८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्