जिल्ला प्रशासन कार्यालय बाँकेले एकै दिन ४७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बाँकेको नरैनापुर गाउँपालिकालाई नै शिल गरेको छ ।
गाउँपालिकामा १ जनाको मृत्यु भएको भोलिपल्टै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालका लागि पुरै पालिका नै शिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उक्त गाउँपालिकाका ५६ जना संक्रमित पुष्टी भइसकेको छ भने त्यसमध्ये एकजनाको निधन भइसकेको अवस्था छ ।
प्रकाशित मिति : २०७७ जेठ ५ गते सोमबार










प्रतिक्रिया दिनुहोस्