कोहलपुर ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा काव्य गोष्ठी सम्पन्न भएको छ । विश्व यतिबेला कोरोनाको महामारीले आक्रान्त छ । सुनसान छ पूरै विश्व । नेपालले पनि क्रमशस् सामाना गर्दै छ कोरोनाको ।
लकडाउनमा बसिरहेका साहित्यकार तथा लेखकहरुले कोरोना कहर सम्बन्धि लेख रचनाहरु प्रकाशित गरि जन चेतना जगाउने काम गरिरहेका छन् । सामाजिक सञ्जालमा फेसबुक लाइभ तथा जुम मिटिङ मार्फत चतना मुलक काव्य गोष्ठी समेत संचालन गर्दै आएका छन् । पश्चिम नेपालको एक सक्रीय साहित्यिक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आज एक घण्टा जुम अनलाइन काव्य गोष्ठी सञ्चालन गर्यों ।
गोष्ठीमा देशका विभिन्न स्थानका डेढ दर्जन बढी साहित्यकारहरुको सहभागिता रह्यो । कविता, मुक्तक, गजल, साइनो लगायतका सृजनाहरु मार्फत कविहरुले समसामयिक विषयवस्तुका साथसाथै कोरोना कहर र लिपुलेकको सीमाना पीडा सम्बन्धि रचनाहरु सुनाउनु भयो ।
कोरोना र सीमानामा सरकारको विशेष ध्यान जानु पर्ने आग्रह साहित्यकारहरुको रह्यो । गोष्ठीमा सहभागी साहित्यकारहरुमा केशव सिग्देल, महानन्द ढकाल, पुष्कर रिजाल, सामाना पहाड, बद्री ढकाल, खोपिराम ओली, गौरी सुवेदी, पुष्कर राज रेग्मी, बेगम थापा, हुकुम धड्कन, केशव निमेष, सुमित्रा न्यौपाने, विष्णु पादुका, माया जोसी, उत्सव काफ्ले, मुकुन्द शर्मा, भुपराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
वाचन भएका रचनाहरुको छोटो समीक्षा प्रतिष्ठानका सल्लाहकार केशव सिग्देलले गर्नु भएको यश कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले सहभागी सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहभागिता जनाउनु हुन अनुरोध गर्नु भयो । यस काव्य गोष्ठीको संयोजन प्रतिष्ठानका कोषाध्यक्ष बद्री ढकाल हिरामणिले गर्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्