कोहलपुर दुर्घटना : नियतीले चार दिनकी सुत्केरीलाई फेरी अस्पतालको बेडमा पुर्याईदियो



कोहलपुर :

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ को रोहिणीखोला पुल नजिकै चार दिने शिशु सहित सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । बुधबार दिउँसो साढे तीन बजेतिर चारदिने शिशु र सुत्केरी सहित अन्य ४ जना यात्रु बोकेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा परि एकै घरका चार जना सहित एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन् । उनीहरु सबै बाँकेको राप्तिसोनारी गाउँपालिकाका हुन् ।

 

घाइते हुनेमा स्वेता पोलिक्लिनिक (एम्बुलेन्स) का मालिक वडा नम्बर ४ मिम बहादुर खड्का घाइते भएका छन् । दाहिने र छातीमा चोट लागेको छ । भने सोही वडामा बस्ने वर्ष २३ का एम्बेलेन्स चालक गोपाल बुढाको दुवै आँखा र निधारमा चोट लागेको छ । यसैगरि राप्तीसोनारी गाउँपालिका १ बस्ने वर्ष २१ को विनोेद परियार,उनकी श्रीमती (चार दिनकी सुत्केरी) वर्ष १९ की प्रमिला परियार, परिवार दम्पतिकी चार दिनकी नवजात शिशु (नाबालिका) र विनोदकी आमा वर्ष ४५ की सिता दमाई घाइते भएका छन् । प्रहरी हवल्दार शेर बहादुर बस्नेतका अनुसार नाबालिकाका पहिचान खुलेको छैन ।

 

उनले चारै जनाको बाँया कुम, टाउँको र छातीमा चोट लागेको जानकारी दिए । ‘घाइते सुत्केरी चार दिन अघि अस्पतालमा आएकी थिइन् । उनलाई दिउँसो मात्र घर लगिदैँ थियो ।दुर्घटनामा परि फेरी अस्पताल नै आएकी छन् । नबालिका र सुत्केरीलाई विशेष निगरानी सहित उपचार भइरहेको छ ।’  बस्नेतले भने । घाइते ६ जनाको अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३१ गते बुधबार