कोहलपुरका क्रियाशिल पत्रकारलाई मास्क र सेनिटाइजर वितरण



कोहलपुर :

बाँकेको कोहलपुर क्षेत्रमा रहेका क्रियाशिल पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको समयमा दैनिक रिपोटिङमा निस्कने क्रियाशिल पत्रकारको सुरक्षाको लागि मास्क र सेनिजटाइजर वितरण गरिएको हो ।

इन्डुरेक बाँकेको सहयोगमा क्रियाशिल करिब २ दर्जन पत्रकारहरुलाई मास्क र सेनिटाइजर वितरण गरिएको हो । मंगलबार कोहलपुर नगरपालिकाको सभा हलमा भएको अनौपचारिक कार्यक्रममा इन्डुरेक बाँकेका अध्यक्ष धर्म रोकायले नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई हस्तान्त्रण गरेका थिए । भने प्रमुख रावतले नेपाल पत्रकार महासंघ शाखा बाँकेका कार्यसमितिका सदस्य संगिन शर्मालाई हस्तान्त्रण गरेका थिए ।

प्रति पत्रकार दुई वटा मेडिकल मास्क र एक सेनिटाइजर पत्रकारलाई सहयोग गरिएको इन्डुरेक बाँकेका अध्यक्ष धर्म रोकायले बताए । उनका अनुसार पत्रकार महासंघको आग्रहमा संस्थाले कोहलपुर क्षेत्रका पत्रकारहरुलाई सहजताका लागि प्रदान गरिएको हो । ‘कोरोना महामारीको समयमा पत्रकार अग्रमोर्चामा खटिएका छन् । उनीहरुलाई यतिबेला जोखिमको सम्भावना हुन्छ ।

त्यसै पत्रकार साथीहरुलाई केही सहयोग होस भनेर वितरण गरिएको हो ।’ अध्यक्ष रोकायले भने । व्यक्तिगत रुपमा समेत यस्तो बेलामा सुरक्षा अपनाएर काम गर्न उनले पत्रकारहरुलाई आग्रह समेत गरेका छन् । उक्त अवसरमा बोल्दै नगरप्रमुख रावतले विपत्तिको बेला पत्रकारहरुले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

‘साँच्चिकै यस्तो पत्रकारहरुको भूमिका अहम छ । सहयोगी संस्थालाई धन्यावाद । तपाईहरुलाई म के भन्न चाहन्छु भने नगरपालिकाले समेत यहाँका क्रियाशिल पत्रकारहरुलाई रिपोटिङको क्रममा चाहिने अत्यावश्यक वस्तुहरुको सहयोग गर्ने मनसाय बनाएको छ । साथीहरु सँग सल्लाह गरेर कहिले हुन्छ सहयोगको वातावरण मिलाउँला ।’ उनले भने ।

साथैले उनले कोरोना भाइरस महामारीको समयमा पत्रकारहरुलाई संयमित भएर काम गर्न समेत आग्रह गरेका छन् । यता कोहलपुरका पत्रकारहरुले सहयोगी संस्था प्रति धन्यावाद प्रकट गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार