कोहलपुरका सञ्चारकर्मीहरुको बदनाम नगर्न आग्रह



कोहलपुर क्षेत्रका सञ्चारकर्मीलाई बदनाम गराउने गरि भएका गतिविधिहरु प्रति कोहलपुर क्षेत्रका सञ्चारकर्मीहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

केही दिन यता कोहलपुर क्षेत्रका सञ्चारकर्मीहरुलाई बदनाम गराउने गरि विभिन्न गतिविधी भएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको बताएका हुन् ।

यस क्षेत्रका क्रियाशिल सञ्चारकर्मीहरुले मंगलबार बैठक बसेर प्रेस नोट जारी गर्दै केही दिन .देखि सञ्चारमाध्यम तथा सामाजिक संजालमा आएका बिषयप्रति दुख व्यक्त गरेका छन् ।

एक दुईजना पत्रकारलाई व्यक्तिगत सहयोग गर्ने नाममा समग्र कोहलपुर क्षेत्रका पत्रकारहरुको सामाजिक गरिमामा आँच पु¥याउने गरि भएका यस्ता गतिविधी रोक्न प्रेस नोट मार्फत आग्रह गरिएको छ ।

सञ्चार क्षेत्र र संचारकर्मी माथी परेको असर कम गर्न र वास्तविक समस्यामा परेका संचारकर्मी तथा मिडिया हाउसलाई सहयोगार्थ पहल कदमी लिन नेपाल पत्रकार महासंघ लगायत आस्थाका संघ संगठनलाई अपिल समेत गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार