नेपालगञ्ज ।
बाँकेको नरैनापुरका तीन जना स्थानीयमा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।
सामाजिक सञ्जाल तथा केही मिडियामा नरैनापुरका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको खबर बाहिरिएपछि अहिले त्यहाँ जिल्लाबाट स्वास्थ्यकर्मीको टोली पुगेको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत फोकल पर्सन श्रेष्ठले नरैनापुर गाउँपालिकामा हालसम्म कोरोना पोजेटिभ नदेखिएको जानकारी दिए । ‘नरैनापुरमा हालसम्म पोजेटिभ भेटिएको छैन’ उनले फेसबुकमा स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘हाम्रो टिम अहिले नरैनापुरमै अनुसन्धानमा छौं ।
भारतको बहराइचमा नरैनापुरका तीन जनामा कोरोना पुष्टी भएको केही मिडियाहरुले भारतीय प्रहरीलाई हमला दिदै समाचार लेखेका थिए । सोहीको आधारमा स्वास्थ्यको टोली अनुसन्धान गर्न बिहानै नरैनापुर पुगेको हो ।
प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्