कोहलपुर ।
बाँकेको नेपालगञ्ज जमुनाहा नाकाबाट लागुऔषध कोरेक्ससहित एक भारतीय होमगार्ड पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट सादा पोशाकमा खटिएको बिशेष प्रहरी टोलीले ४१ पिस लागुऔषध कोरेक्ससहित एक भारतीय होमगार्डलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले ठूलो परिमाणको लागुऔषध कोरेक्ससहित एक जना पक्राउ परेको पुष्टी गरे ।
‘जमुनाहाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ’ उनले भने, ‘अहिले जिल्ला प्रहरी कार्यालयमा उनीबारे थप बुझीरहेका छौं ।’
सादा पोशाकमा खटिएको प्रहरीले टोली इलाका प्रहरी कार्यालय जमुनाहा नजिकैबाट भारतीय प्रहरी राम किसुन सरोजलाई पक्राउ गरेको थियो । उनीबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
#भारतीय होमगार्ड हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । सम्पादक









प्रतिक्रिया दिनुहोस्