नेविसंघका युवाहरुले कोहलपुरमा मोदि र वलीको पुत्ला जलाए



कोहलपुर ।

सिमा विवाद चलिरहेको बेला बाँकेको कोहलपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र नेपालको प्रधानमन्त्री केपी वलीको पुत्ला दहन गरेका छन् ।

सोमबार नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसको गेट अगाडि बिरोध प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि र नेपालको प्रधानमन्त्री केपी वलीको पुत्ला दहन गरेका हुन् ।

भारतिय बिस्तारबादको नाङ्गो हस्तक्षेप स्वरुप लिपुलेकमा मानसरोवर जोड्ने सडक निर्माण गरेकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएको नेविसंघका बाँगेश्वरी क्याम्पसका सभापति रामप्रसाद पाण्डेले जानकारी दिए ।

नेपालका प्रधानमन्त्रीले पनि नेपाली भुभागमा सडक निर्माण गर्दा समेत ध्यान नदिएपछि हामीले पुत्ला जलाउनु परेको हो उनले भने  । कोरोना भाईरस संक्रमणको संत्रासकै बिच स्थानिय युवाहरुले सामाजिक दुरी कायम गरेरै बिरोध जनाएका थिए । भारतीय पक्षले बेलाबेला नेपालतर्फको सिमा मिच्दै आएको र हालै मात्र लिपुलेकमा बाटो निर्माण गर्ने कार्य गरेकाले सरकारले तत्काल त्यसको प्रतिवाद गरी नेपाली भुमि फर्काउनुपर्नेमा र्यालीमा सहभागी युवाहरुले जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २९ गते सोमबार