कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिनबाट रोक्नका लागि गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनलाई केही खुकुलो बनाइएको छ । आइतबारदेखि अत्यआवश्यकीय सेवाहरु सञ्चालनमा आएसँगै बाँकेका मुख्य बजारमा समेत सवारीसाधनको चाप बढेको छ ।
सडकमा अस्पताल, वित्तीय संस्था, ठूला निर्माण सामग्री बोकेका ट्रक, सरकारी कार्यालय, उद्योगमा काम गर्ने कर्मचारीका सवारीहरु निर्वाध रुपमा चलेका छन् । बाँकेको दोस्रो ठूलो शहर कोहलपुर समेत विस्तारै खुल्दै जान थालेको छ ।
सोमबार बिहान साढे ११ बजे कोहलपुर बजार क्षेत्रमा लिइएका केही तस्बिरहरु ।
प्रकाशित मिति : २०७७ वैशाख २९ गते सोमबार






















प्रतिक्रिया दिनुहोस्