मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २८, २०७७
कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले राहत वितरणको सट्टा दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई रोजगारी दिने व्यवस्था गर्न लागेका छन् ।
दुई पालिकाले दोस्रो चरणको राहत दिइसकेपछि यस्तो व्यवस्था गर्न लागेका हुन् ।
नेपालगञ्ज उपमहानगपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टामा नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि रोजगारी दिन लागेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिकाले पनि यस्तै व्यवस्था गरेको छ ।