7 September 2024  |   शनिबार, भदौ २२, २०८१

एभरेष्ट बैंकद्धारा राहत साम्रगी सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २७, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ लाई एभरेष्ट बैंक कोहलपुर शाखाले राहात उपलब्ध गराएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले बैकले राहत उपलब्ध गराएको हो ।

बैकको कोहलपुर शाखाले राहत स्वरुप खाद्यान्न शुक्रबार कोहलपुर ११ लाई उपलब्ध गराएको थियो । लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलार्ई वडा कार्यालय मार्फत खाद्यान्न उपलब्ध गराईएको एभरेष्ट बैंक कोहलपुर शाखा प्रमुख सुभाष बुढाथोकीले बताए । बैंकमा कार्यरत कर्मचारीहरुको पहलमा दिइएको राहत साम्रगी कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापालाई उपलब्ध गराइएको थियो ।

उनका अनुसार केन्द्र तथा प्रदेश स्तरमा राहतका कार्यक्रमहरु सञ्चालन गरीसकेको बैंकले कोहलपुर क्षेत्रमा रहेका विपन्न तथा दैनिक रोजगारीबाट बन्चित भई हाल समस्यामा रहेका परिवारहरुलाई लक्षित गरी राहत उपलब्ध गराएको हो । वडा अध्यक्ष थापाले बैंकले उपलब्ध गराएको खाद्य सामग्री वडा कार्यालयमार्फत लक्षित समुदायसम्म पुग्ने बताए । उनले आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत सबैलाई सहयोग गर्न आह्वान गरेका थिए ।

प्रकाशित मितिः शनिबार, बैशाख २७, २०७७     7:29:26 AM  |