कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ का नागरिकलाई नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यले सहयोग गरेका छन् । कोरोना भाइरसका कारण एक महिना देखि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न नागरिकहरुलाई उनले सहयोग गरेका हुन् । लामो समयको लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका विपन्न नागरिकलाई खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए ।
आर्थिक रुपमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको अध्यक्ष आचार्यले बताए । उनले वडा कार्यालयसँगको समन्वयमा विपन्न नागरिकलाई ४ सय ५० केजी चामल सहयोग गरेका हुन् ।
‘लकडाउनको समस्या परेका नागरिकलाई सहयोग गर्नको लागि हामीले अभियान सुरु गरेका छौं । अभियान अन्तर्गत आफैले पनि सहयोग गरेको हो । लकडाउन अवधिभर विभिन्न माध्यमबाट हामीले सहयोग गरिरहेको अवस्था छ । यस्तो बेला युवा अघि बढ्नु पर्छ’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्