17 September 2024  |   मङ्लबार, अशोज १, २०८१

लकडाउनको विपरीत कोहलपुर उद्योग वाणिज्य संघको मेला, स्थानिय प्रशासनलाई चुनौती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १३, २०७७  

कोहलपुर ।

विश्वभर प्रकोपका रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालभर लकडाउन लागु गरीएको छ । कोरोना भाईरसको संक्रमण
फैलन नदिन लागु गरीएको लकडाउनका कारण सबै गतिविधिहरु ठप्प छन । यद्यपी कोहलपुरमा भने दिनहुँ लकडाउन अवेज्ञा गर्ने क्रम बढ्दो छ ।

आफुलाई समाजकै प्रतिष्ठित वर्गका रुपमा देखाउन चाहने समुहबाटै बारम्बार लकडाउनको खिल्ली उडाउने खालका गतिविधिहरु हुँदै आएका छन । ब्यापारीहरुको साझा संगठनको रुपमा रहेको कोहलपुर उद्योग वाणिज्य संघले शनिबार खुलेआम संचालन गरेको गतिविधिले स्थानिय प्रशासनलाई चुनौती दिएको छ ।

शनिवार विहान वाणिज्य संघले सहुलियत दरमा तरकारी उपलब्ध गराउने भन्दै आफ्नो कार्यालय परिसरमा मेलाको झल्को दिने भिडभाड जम्मा गर्यो । वाण्ज्यि संघले रु. ५ मा एक किलो काँक्रा, रु. ५० मा ५ किलो टमाटर र १ क्यारेडलाई रु. १५० मा बेचिरहेको खबर फैलिएपछि वाणिज्य संघ परिसरमा स्थानियहरुको थामिनसक्नु भिड लोगेको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुरदेखी २० मिटरको दुरीमा रहेको वाणिज्य संघमा लकडाउनको सामान्य मान्यताको समेत ख्याल नगरी मानिसहरु जम्मा भएका थिए ।

वाणिज्य संघ परिसरमा देखिएको उक्त दृष्य यतिबेला सामाजीक सञ्जालमा वहशको विषय बनेको छ । लक डाउनको पुर्ण पालना गर्न सरकारद्धारा गरिएको को निर्देशनलाई उलंघन गर्दै संघले परिसर भित्रबाटै सहुलियत दरमा भन्दै अन्डा र तरकारीजन्य सामाग्री विक्रि गरेको थियो ।

लकडाउनको उलंघन हुने गरी स्थानीयहरुलाई संघले भिडभाड गराए पछि प्रहरीले हस्तक्षप गर्नुपरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डियस्पी कुलदिप चन्दले बताए । कर्फ्युमा जस्तो बल प्रयोग गरेरै भिडभाड हटाउन सक्ने अवस्था नरहेको बताउँदै चन्दले जिम्मेवार निकायले नै गैरजिम्मेवार गतिविधिरु संचालन गर्नु दुखद भएको प्रतिक्रिया दिए ।

कोहलपुरमा पछिल्लो समय विभिन्न बाहानामा लकडाउन उलंघनका घटनाहरु बढिरहेका छन् । विभिन्न संघ संस्था, राजनीतिक दल, राजनीतिक दल भातृ संगठनहरु र केही समुह विशेषले लकडाउनको मर्म बिपरित विभिन्न गतिविधिहरु संचालन गर्दै आईरहेका छन । जसले गर्दा कोहलपुरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

सामाजीक दुरीको समेत ख्याल नगरी राहात, उद्धार र भोजनका नाममा मेलाको झल्को दिने गरी हुने भिडभाडलाई नियन्त्रण गर्न कोहलपुर प्रहरी चुकेको भन्दै प्रहरीको समेत आलोचना सुरु भएको छ ।

तस्बिर : सामाजिक संजालबाट

प्रकाशित मितिः शनिबार, बैशाख १३, २०७७     5:09:07 PM  |