बनकटवा दुग्ध उत्पादक सहकारीद्वारा बैजनाथ गाउँपालिकालाई सहयोग



कोहलपुर

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको बनकटवा दुग्ध उत्पादक सहकारी संस्थाद्वारा बैजनाथ गाउँपालिकालाई सहयोग गरेको छ ।

शुक्रबार गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषमा सहकारीका अध्यक्ष कुल प्रसाद पौडेलले बैजनाथका प्रमुख मान बहादुर रुचाललाई ६ हजार रुपैयाको चेक हस्तान्तरण गरेको हुन् ।

विश्वमा फैलिएको कोरोना भाइसर रोकथाम गर्नेका लागि आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १२ गते शुक्रबार