कोरोना भित्रिन नदिन बाहिरबाट आउनेलाई सिमरीमा प्रवेश निषेध



कोहलपुर/  कोरोना भाइरस अर्थात कोभिड–१९ को राकथाम तथा नियन्त्रणका लागि विभिन्न ठाउँहरुमा अनेकौँ उपायहरु अपनाउँदै आइएको छ । गाउँ टोल प्रवेश गर्ने चोक चोकहरुमा मानिसको आवागमन रोक्न बार लगाइएको छ त कतै चनचेतनामूलक होडिङ् बोर्डहरु समेत राखिएको छ । कोरोनाको सन्त्रास बढेसंगै गाउँ तथा टोलहरुमा यसको संक्रमण फैलिन नदिन यस्ता उपायहरु अपनाइएको हो । यस्तै कोहलपुर नगरपालिका वडा नं.१३ स्थित सिमरीका स्थानीयहरुले भने गाउँ प्रवेशमा नै निषेध गरेका छन् । लकडाउन उल्लंघन गर्ने क्रम बढेसंगै गाउँमा जोखिम बढेको भन्दै उनीहरुले बाहिरबाट आउने व्यक्तिहरुलाई गाउँ प्रवेशमा निषेध गरेका हुन् । सचेतनाका लागि गाउँ प्रवेश गर्ने मुख्य प्रवेशद्वारसंगै पाँच स्थानमा जनचेतनामुलक होडिङबोर्ड राखिएको छ ।

प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिको सौजन्यमा सचेतनामुलक होडिङ बोर्ड राखिएको समितिका अध्यक्ष वीर बहादुर वलीले जानकारी दिए । कोरोनाबाट “आफु र अरुलाई पनि बचाउन सचेतनमूलक होडिङ् बोर्डहरु राखिएको सञ्चारकर्मी कोष खड्काले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ११ गते बिहीबार