कोहलपुर ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरसमितिले घरेलुमा आवद्ध संघ–संस्थाहरुमा कार्यरत मजदुरहरु खाद्यान्न उपलब्ध गराएको छ । कोहलपुर नगरपालिका र सम्वन्धित वडापालिकाहरुको समन्वयमा कोहलपुर क्षेत्रमा रहेका दैनिक ज्याला मजदुरी गर्ने ६० जना मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । कोराना भाइरसको संक्रमण महामारी फैलिएसंगै उद्योग तथा कलकारखाना बन्द भएपछि समस्यामा परेका मजदुरहरुलाई घरेलु महासंघ कोहलपुरका पदाधिकारीहरुबाट संकलन भएको सहयोगबाट खाद्यान्न उपलब्ध गराइएको घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेम विक्रम जिसीले जानकारी दिए ।
घरेलुमा आवद्ध व्यवसायीहरुले उपलब्ध गराएको मजदुरहरुको तथ्यांक अनुसार महासंघ कोहलपुर नगरसमितिमा आवद्ध पदाधिकारीहरुको सहयोगमा उनीहरुलाई खाद्यान्न सामग्री सहयोग गरिएको उनले बताए । उपलब्ध तथ्यांक अनुसार ६० जना मजदुरहरुलाई उनीहरु कार्यररत उद्योग कलकारखाना मार्फत खाद्यान्न उपलब्ध गराइएको महासचिव सि.एम.उपाध्यायले जानकारी दिए । उनीहरु सबैलाई सबै वडा कार्यालयको रोहवरमा १५ किलो चामल, २ किलो दाल, १ पोका नुन र एक लिटर तल वितरण गरिएको हो । अन्य पहिलो चरणमा छुटेका अथवा कुनै मजदुरहरुको नाम उपलब्ध भएको खण्डमा दोस्रो चरणमा प्याकेज घोषणा वितरण गरिने उनले बताए ।
यस्तै घरेलमा आवद्ध कृषि सम्वन्धी व्यवसायीहरु पनि भएकाले उनीहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनहरुलाई बजारीकरण गरिदिनेबारे पनि छलफल भइरहेको अध्यक्ष जिसीले जानकारी दिए । कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरु विक्रि वितरणमा समस्या भएका गुनासाहरु आएको खण्डमा उनीहरुको सहजताका लागि सहजीकरण गरिने उनले बताए । यसअघि घरेलु महासंघले कोहलपुर नगरपालिकाले स्थापना गरेको राहत व्यवस्थापन कोषमा ३० हजार आर्थिक सहयोग गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्