बाँसगढी ।
विश्व कोरोना भाइरसले थिलथिल भैरहेको छ । नेपाल समेत यसको सिकार भैरहेको छ । अन्य मुलुकहरुको तुलनामा कम संक्रमण देखिएता पनि खुला सिमाना का कारण भारतमा जस्तो कोरोनाको प्रभाव पर्छ । तेस्तै किसिमको पर्न सक्ने हामी अनुमान सहझै लगाउन सक्छौ । किनकि हाम्रा सिमानाहरु खुला छन । खेतका आलि खोला नाला को किनार जङ्गलको बाटोहरु हुँदै थुप्रै मानिसहरु नेपालमा पस्ने हुदा स्थिति भयावह हुन्छ कि भन्ने ठुलो चिन्ताले पक्कै पनि सबैलाइ चिन्तित तुल्याएकै हुनुपर्छ ।
समयमा नै यसको निराकरणको निम्ति खोप भनौ वा भ्याक्सिन भनौ वा औषधि पत्ता नलाएसम्म लकडाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिस्वभरी लम्बिन सक्ने र कतै मानव जातिको अस्तित्व नै सन्कटमा पर्ने पो होकि भन्ने बिषय अहिले हामी सामु टट्कारो रूपमा उठिरहेको र कोरोनाले मानव जाती लाई ठूलो चुनौतीको प्रश्न उठाइरहेको छ । एउटा उदाहरण पेश गर्न चाहान्छु । १४औ शताब्दी तिर मङोलियाबाट सुरु भएको यारसिना नामक ब्याक्टेरियाको कारणले युरोपको आधा जनसंख्या ध्वस्त भएको थियो । विश्वको एकतिहाइ जनसंख्या समाप्त भयो । फलस्वरूप औद्योगिक क्रान्तिका लहरहरु देखा पर्न थाले । एउटा शुस्म ब्याक्टेरियाले यतिको सन्कट पार्छ भन्ने बिषयमा त्यो बेलाका मानिसहरुले कल्पना समेत गरेका थिएनन् । यो हामी एतिहासिक पाना हरुमा भेट्न र पढ्न पाउछौ । त्यो बेलाको मानव जातीको लागि ठुलो दुर्भाग्य थियो । आशा गरौ कोरोना भाइरस यारसिना ब्याक्टेरिया जस्तो नहोस् ।
लकडाउन ले भनौ यात कोरोनाले नेपालको अर्थब्यबस्थामा के कस्तो प्रभाव पार्छ मैले यो बिषयमा थोरै चर्चा गरे । यस अबधीभर सम्पुर्ण आर्थिक क्रियाकलाप र कारोबारहरु ठप्प हुने संकेत देखा पर्न थालिसके । जसको कारण ले उपभोग खर्चमा नै कटौती हुन थालेको छ । उपभोग खर्चमा नै कटौती भयो भने बचत त होला तर त्यो बचत केही समय को लागि मात्रै हुन सक्ला ,,मानिस ले धेर थोर राखेका अन्नबाली कति दिन टिक्ला,थोर बहुत रकमकोलम कति दिन रहला । स्थिति ठप्प हुन सक्छ । अर्थतन्त्र चलाएमान नहुने बित्तिकै ठूलो बित्तिय आर्थिक सन्कट आउन सक्छ । जुन सन्कटको परिक्षण हामिले सन २००८ मा आएको बित्तिय सन्कटको सामना गरिसकेका छौ । सरल रूपमा भन्नुपर्दा सबै बजार बन्द हुन्छन् । मानिसहरु अहिले जसरी घर बाहिर निस्किन चाहदैनन् । धुम्म जादैनन । प्लेट चढ्दैनन । किनमेल हुदैन जसले उपभोक्ताको क्रियाशक्क्तिमा ठूलो गिरावट आउँछ । शेयर बजारमा ठुलो गिरावट आउन सक्ने छ । थुप्रैका रोजगारीहरु गुम्नेछन । ज्यालामा कटौती आउनेछ । बेरोजगारी समस्या भयावह हुनेछ ।
भोकमरीले मानिसहरु एउटा रोटिको लागि कुकुर शीत लड्न युद्ध गर्न बाद्य्य हुनेछन । श्रमबजारमा समेत आउने तिब्र गिरावटले ठूलो समस्या निम्तन सक्नेछन् । ब्यापारीहरु कालोबजारी गर्न तल्लिन हुनेछन । भोका नाङ्गाहरु नाङ्गो रोडमा नाच्ने दिन न आउला भन्न सकिन्न । ठूलो चिन्ता को बिषय छ । मानिस हरुमा फ्रस्टेसन, डिप्रेसन को समस्या न आउला भन्न सकिन्न । सामाजिक बिकृती हरु अपराध हरु तिब्र गति बढ्न सक्नेछन् । पर्यटन होटेल ब्यवसायमा निर्भर भएका देशहरु सिङापुर थाइल्यान्डको स्थिति झन के होला कल्पना पनि गर्न सकिन्न त्यो भन्दा हामी नेपाली को दिनचर्या केही सहज पक्कै हुनेछ किनकि हामी कृषिमा आधारित थुप्रै क्रियाकलाप हरु गर्छौ अर्थात हामी कृषिप्रधान देशका नागरिक हौ ।
यस मानेमा हामीले तेति धेरै चिन्ता लिइराख्नु पर्ने तेति जायज नहोला । नेपाल यति बेला जलबायुपरिवर्तनको उच्च जोखिमको सिकार भैरहेको बेला फेरि कोरोनाले आक्रन्त पारी यो शुस्म जीवाणु ले नेपाललाई मात्र होइन विश्वलाई अग्नि परिक्षा लिइरहेको छ । यो स्थितिमा धर्यताको बाध नटुटाउ । मनोबैज्ञानिक रूपमा सबल बनौ । आत्मबिस्वास लाई सधै उच्च बनाउ । आशावादी रहौ । छिटै यो माहामारीको अन्त्य होस । हाम्रा प्रबिधीहरु हाम्रो बैज्ञानिकहरु फेल न खाउन । अणु बम म शीत छ भन्दै विश्व लाई सन्त्रास पार्ने क्गउभचउयधभच मै हुम भन्ने शक्तिशाली रास्ट्रले धोका न खाओस् । अन्त्यमामा आफू सुरक्षीत रहदै अरुलाइ नि बचाउ,









प्रतिक्रिया दिनुहोस्