12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

बागेश्वरी बहुमुखी क्याम्पसद्वारा अनलाइन कक्षा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ८, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसले अनलाइन कक्षा सुरुवात गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारणले लामो समयसम्म लकडाउन भएपछि विद्यार्थीहरुको लागि अनलाइनबाटै पढनपाठन सुरुवात गरेको हो । क्याम्पसका अग्रेजी शिक्षा बिषयका प्राध्यापक प्रमोद सुबेदीले लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिइएको बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निति, शिक्षा शास्त्र संकायको निर्णय अनुसार अनलाइन कक्षा निरन्तर सन्चालन गरिएको क्याम्पसका बताउँछन । उनले सिकाइलाई लकडाउनमा राख्न मिल्दैन उनले भने विद्यार्थीहरु कोरोनाको डरले अनावश्यक कुरा सोचेर त्रासमय वातावरणमा रुमलिने अवस्था आउन सक्छ । त्यसैले खेर गइरहृको समयलाई थप सिकाईमा सदुपयोग गर्नका लागी अनलाइन कक्षा सन्चालन गरिएको उनको भनाई थियो ।

यस्तै बागेश्वरी क्याम्पस प्रम्रख शिशिर कुमार शर्माले क्याम्सकै समयतालिका अनुसार स्नाकोत्तरका सम्पूर्ण विषयहरु पठनपाठन गराउने
बताए । अहिले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई लक्षित गरी आफुले अध्यापन गराउने अङ्ग्रेजी बिषयका २ वटा कक्षाहरु सञ्चालनमा ल्याएका छौं उनले भने स्नातकोत्तर तहमा अध्ययन गर्ने अधिकाशं बिद्यार्थी बिद्यालय तहमा शिक्षण गर्ने भएकोले यसको सकारात्मक प्रभाव बिद्यालय तहको शिक्षण सिकाइमा समेत पर्न सक्ने भएकोले स्नातकोत्तर तहबाट अनलाइन कक्षाको थालनी गरेको उनको भनाई थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख ८, २०७७     11:47:48 AM  |