कोहलपुर ।
नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी नं. १ ‘ख’ ले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ६४ पिन्ट रगत संकलन भएको छ । लकडाउनको समयमा हुनसक्ने रगत अभाव पूर्तिकालागि आईतबार बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म रक्तदानमा कार्यक्रम आयोजना गरीएको थियो ।
नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी नं. १ ‘ख’ का अध्यक्ष अब्दुल हुसेन खाँले वर्तमान विषम परिस्थितीमा हुनसक्ने रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरीको रक्तदान कार्यक्रम गरेको बताए ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको रक्तसञ्चार केन्द्रमा आयोजना गरीएको रक्तदान कार्यक्रममा नेकपा निकट नेता, कार्यक्रम, समाजसेवी तथा युवाहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेकपा प्रदेश नं। ५ का सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं. १ ‘ख’ का ईन्चार्ज नरेन्द्र न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाँकेका अध्यक्ष आईपी खरेल, बाँकेका सचिव अशोक कोइराला, कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारी लगायतको उपस्थित रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्