सन् २०१९ डिसेम्बर १९ मा चिनको वुहान शहरबाट सरु भएको कोरोना भाइरस विश्वमा महामारीको रुपमा फैलिदै एकपछि अर्को देश हुँदै दिन प्रतिदिन आफ्नो यात्रा अगाडी बढाइरहेको छ । यो महामारीबाट लाखौं मानिसको मृत्यु भैसकेको छ भने लाखौं मानिस संक्रमित छन् त अरबौं मानिस यस कोरोना भाइरसबाट त्रसित अवस्थामा छन् ।
विश्वमा धेरै देश लकडाउनमा छन् । यो अवस्थमा मानिसहरुमा धेरै चिन्ता र निरासा फैलिएको देखिन्छ । कोरोना भाइरसले विश्वलाई निरासा मात्र बनायो त ? यसले केही सभ्यता पनि बोकेर आएको देखिन्छ ।
दुई चार जना मानिस जम्मा हुने बित्तीकै एक अर्काको हातमा सुर्ती थाप्ने मानिस आज साथीभाईहरु भेट हुँदा सेनिटाइजर हातमा हालिदिन थालेका छन् । सरसफाईमा पटक्कै ध्यान नदिने मानिस आज घर वा कार्यालयमा प्रवेश गर्दा साबुन पानि खोज्न थालेको छ । घरको काममा सिन्को नभाँच्ने मानिस आज करेसा बारीमा ब्यस्त छ भने हातमा कोदाली देखिन थालेको छ ।
फाटफुट माक्स प्रयोग गर्नै मानिस आज घर घरमा माक्स उत्पादन र प्रयोग गर्दै छ । आफ्नो जीवन भन्दा पनि पैसा प्यारो मान्ने मानिस आज पैसा सबै थोक रहेनछ भन्ने ज्ञान प्राप्त गर्दै छ । काचो पाको केही नभनि जे पायो त्यहीको मासु चुस्ने मानिस आज आफ्ना खानेकुरामा विशेष ध्यान दिन थालेको छ ।
मै मात्र सुखी र धनी बनु भन्ने मानिस अब दान र धर्म गर्न पर्छ र बाडीचुडी खानु पर्छ भन्ने चिन्तनमा पुगेको छ । कनै पनी काम परीसकेपछि मात्र अगाडी बढ्ने मानिसले पर्व तयारीको पाठ सिक्दै छ । विश्वमा शक्तिको होडबाजीमा अगाडी बढेका देशका मानिसहरु मित्रताको नजिक पुग्दैछन । कोरोनाले संकट मात्र हैन सभ्यता सिकाएको छ मानिसलाई ।