नेविसंघ बाँकेद्धारा रक्तदान



कोहलपुर :

नेपाली काँगे्रस पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको ५१ औँ स्थापना दिवसको अवसरमा बाँकेका दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको छ ।

कोरोना भाइरसका कारण भएको रगत अभावलाई मध्येनजर गर्दै नेविसंघ जिल्ला कार्यसमिति बाँकेले जिल्लामा दुई स्थानमा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपालगञ्ज ब्लड बैंक र कोहलपुर क्लड बैंकमा गरिएको बृहत रक्तदान कार्यक्रममा १ सय ५९ जनाले रक्तदान गरेको नेविसंघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार खासगरि कोभिड–१९ को कहरका कारण रगत अभाव देखिएकोले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो ।‘अहिले बाँकेमा रगत अभाव देखिएको छ ।

नेविसंघको स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको हो । विषय परिस्थितिमा समेत निकै ठूलो सहयोग प्राप्त भएको छ । यसले रगत अभावका कारण छटपटिएका बिरामीलाई सहज हुने अपेक्षा गरेका छौ ।’

अध्यक्ष आचार्यले भने । उनले महामारीको अवस्थामा रक्तदान गरेर सहयोग गर्ने रक्तदानदाता, सुवेच्छुक र सहयोग निकाय र स्वास्थ्यकर्मीहरुलाई आभार प्रकट गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ६ गते शनिबार