कोहलपुर ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ ख बाँकेको समन्वयमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई ३८ थान पिपिई हस्तान्तरण गरेको छ । शनिबार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएइको सहयोगमा कोरोना भाइरस रोकथाम गर्नेका लागि नेकपाको समन्वयमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३८ थान पिपिई हस्तान्तरण गरेको हो ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ ख बाँकेका अध्यक्ष अब्दुल हुसेन खाँले कोहलपुर मेडिकल कलेजलाई नेपाल सरकारले कोरोना संक्रमण सम्बन्धी उपचारको लागि छानेपछि स्वास्थ्यकर्मीलाई पिपिई अति आवश्यक परेको बताए ।
उनका अनुसार पिपिई सहित स्वास्थ्यकर्मीको हौसला समेत मिल्ने भएकोले सहयोग गरेका हौं उनले भने नेकपा पार्टी स्वास्थ्थकर्मीको सुरक्षाको लागि सधै निरन्तरता सहयोग र समन्वय गर्ने छौं । बैशाख ७ गते पनि नेपालगञ्ज मेडिकल कोहलपुरमा रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम समेत आयोजनन गरेका उनको बताए ।
यस्तै पिपिई बुझ्दै नेपालगञ्ज मेडिकल कोहलपुरका डिपुटी डाइरेक्ट्रर दिनेश श्रेष्ठले हामीलाई सहयोग र हौसलाको अपेक्षा राखेको बताए । पिपिई सहयोगका लागि समेत धन्यवाद समेत उनले व्यक्त गरे । कार्यक्रममा नेकपा जिल्ला कमिटि सचिव अशोक कोइराला, प्रदेश ५ सदस्य नरेन्द्र न्यौपाने, कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारी लगायतको कार्यक्रममा सहभागि रहेको थियो ।