कोहलपुर/ लकडाउका कारण बेखर्ची भएर विभिन्न जिल्लाबाट घर जान हिडेर बाँकेमा अलपत्र परेका नागरिकहरुलाई कोहलपुर नगरपालिकाले उद्धार गर्ने भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादु रावतको विशेष पहलमा उनीहरुलाई गाडीको व्यवस्था गरी बाँके जिल्लाका सिमा नाकासम्म पु¥याउन सहयोग गरिने भएको हो ।
फाइल फोटो
मजदुरीका लागि विभिन्न जिल्लामा काम गरेर बेखर्ची भएर घर फर्कने क्रममा बाँकेमा अलपत्र परेका नागरिकहरुलाई नगर प्रमुख रावतको निर्देशनमा आवश्यकता अनुसार क्रिशा बाँकेमा आवद्ध निजी विद्यालयका तीन वटा गाडीसम्म प्रयोग गरी अलपत्र परेकाहरुको उद्धार गरिने नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले जानकारी दिए ।
अहिले विश्वमा कोरोना भाइसरको महामारी फैलिएसंगै नेपाल सरकारले गरेको लडडाउनका कारण दैनिक ज्याला मजदुर गर्नेहरुलाई प्रत्यक्ष असर परेको छ । मजदुरी कै लागि विभिन्न जिल्लामा गएकाहरु पनि काम बन्द भएर बेखर्ची भएपछि घर फर्किरहेका छन् । कयौँ मजदुरहरु बाटोमै अलपत्र परेका छन् । अन्यत्र जिल्लाबाट आएर बाँके जिल्लामा अलपत्र परेकाहरुलाई कोहलपुर नगरपालिकाले उद्धार गर्ने भएको हो ।









प्रतिक्रिया दिनुहोस्