कोहलपुर ।
कोरोना भाइरस (कोभिड—१९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बाके १ ‘ख’ द्वारा रक्तदान गर्ने अपिल गरेको छ ।
शुक्रबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बाके १ ‘ख’ का अध्यक्ष अब्दुल हुसेन खाँ को अध्यक्षताका बसेको बैठकले बैशाख ७ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रक्तदान गर्ने अपिल गरेको हो ।
विश्वमा कोरोना भाइरसका कारणले अहिले सुत्केरी, डाईलाइसीस गर्ने विरामी तथा इमेरजेन्सीमा रगतका अभाव देखिएकोले रत्तदान गर्ने लागेको प्रदेश ५ ख कमिटिका अध्यक्ष अब्दुर हुसेन खाँले जानकारी दिए ।
यस्तै कोहलपुर नगरपालिका नगर अध्यक्ष बसन्ती अधिकारीले यस्तो महामारीको अवस्थामा रगतको अभावले थप कसैको ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको अयोजना गरेको बताइन् ।
उनका अनुसार लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान गर्ने व्यवस्था मिलाइएको छ । रक्त सञ्चार केन्द्र कोहलपुरमा ७ गते १० बजे देखि ४ बजे सम्म आयोजना गरिने रक्तदान कार्यक्रममा सहभागि भैदिन सवैलाई सामाजीक सञ्जाल मार्फत अपिल गरिएको नगर अध्यक्ष अधिकारीले बताइन् ।









प्रतिक्रिया दिनुहोस्