बाँकेको बैजनाथमा श्रीमानले गरे श्रीमतीको हत्या



कोहलपुर

बाँकेको बैजनाथ गाँउपालिका निवासी एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । श्रीमती हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाँउपालिका २ पहाडीपुरका बलसिंह मगरलाई पक्राउ गरेको छ ।

बाँसको कप्टेराले हानेर श्रीमतीको हत्या गरेको मगरले स्विकार गरेको प्रहरीले जनाएको छ । घरायसी झगडाले उग्र रुप लिएपछि मगरले आफ्नो ३४ वर्षिय श्रीमती दिलमाया मगरको हत्या गरेका हुन ।

दिलमायाको शव नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर राखीएको छ । प्रहरी अहिले घटनास्थल पुगेको र थप अनुसन्धान सुरु गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २ गते मंगलबार