नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो , फेरी रौतहटमा एक युवकमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । रौतहटमा एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।

इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

उनी १६ गते भारतबाट फर्किएको पाइएको छ । लकडाउनको समयमा मध्यरातमा घर आएका उनलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा बसेकाहरूको २८ गते नमुना संकलन गरिएको थियो, जसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित एक निको भइसकेका छन् । अरुको उपचार भइरहेको छ । #oninekhaber

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १ गते सोमबार