कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी एकेडेमीद्वारा कोहलपुर नगरपालिकाको विपद् तथा राहत व्यवस्थापन कोषमा ६० हजार सहयोग गरेको छ ।
आइतबार कोहलपुर नगरपालिका १० मा रहेको बागेश्वरी एकेडेमी स्कुलका प्रिन्सिपल श्रीधर गोराथोकीले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई ६० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
यस्तै बागेश्वरी एकेडेमी स्कुलका प्रिन्सिपल गोराथोकीले विद्यालयको तर्फबाट दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई थोरै भएपनि राहत होस भनेर सहयोग गरेको बताए ।
यस्तै संघ—संस्था, तथा व्यक्तिहरुले विपद् कोषमा जम्मा गर्ने चाहेमा कोहलपुर नगरपालिकाको कृषि विकास बैंक, कोहलपुर शाखामा रहेको विपद् व्यवस्थापन कोषको खाता नं.०७२०५०१०००२३५३०६ मा सहयोग गर्ने सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार









प्रतिक्रिया दिनुहोस्