बाँसगढीमा विपत् कोषमा ९ लाख बढी सहयोग



रावन विश्वकर्मा, बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकामा विपत् तथा प्रकोप व्यवस्थापनको लागि ९ लाख बढी सहयोग प्राप्त भएको छ । बाँसगढी नगर क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुबाट बुधबार सम्म ९ लाख ३२ हजार ४ सय ७२ रुपैयाँ नगरपालिकालाई सहयोग प्राप्त भएको बाँसगढी नगरपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए । बुधबार मात्रै ५ लाख ३२ हजार ४ सय ६१ रुपैयाँ सहयोग प्राप्त भएको छ । बुधबार बाँसगढी ३ उत्तर भकारीका धर्मराज काफ्लेले आफ्नी आमा खगिसरा काफ्लेको ८५ औँ जन्म दिनको अवसरमा बाँसगढी नगरपालिकाको विपत् तथा प्रकोप व्यवस्थापन कोषमा १५ हजार सहयोग रकम जम्मा गराएका छन् ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण चलिरहेको अवस्थामा विपत् तथा प्रकोप व्यवस्थापन गर्न बाँसगढी नगरपालिकालाई नेपाल शिक्षक महासंघ नगर कार्यसमति बाँसगढीले ३ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ, महालक्ष्मी लाईफ इन्स्योरेन्स बाँसगढी शाखाले २५ हजार र अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्था लि. मटेरियाबाट १५ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै बाँसगढी नगर क्षेत्रमा रहेका विभिन्न संस्थागत विद्यालयहरुले पनि बाँसगढी नगरपालिकालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । बाँसगढी नगरपालिकाका अनुसार बाँसगढी एकेडेमी पब्लिक स्कूलबाट २० हजार, बाँसगढी युनाईटेड पब्लिक स्कूलबाट १६ हजार, बालज्योति एकेडेमी बाँसगढीबाट १५ हजार, गोल्डेन फ्युचन इंलिस मिडियम स्कूल वेलवाबाट १० हजार कोषमा सहयोग प्राप्त भएको छ ।

त्यस्तै मातृभूमि सामुदायिक विद्यालय ककौराले ५ हजार, ज्ञानज्योति विद्या सदन बाँसगढीले ५ हजार, बबई इंलिस मिडियम माछागढले ५ हजार, बाँसगढी ८ मा रहेको न्यु होराईजन एकेडेमी स्कूलले ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । भने चिल्ड्रेन लाईफ एकेडेमी स्कूल बाँसगढी ३ ले ५ हजार, बाँसगढी १ मा रहेको के.पि मोमिरियल एकेडेमी स्कूलले ५ हजार, अनवार्ड इंलिस मिडियम् स्कूल बाँसगढी ३ बाट २ हजार ५ सय रुपैयाँ सहयोग स्वरुप बाँसगढी नगरपालिकालाई प्राप्त भएको सूचना अधिकारी पौडेलले बताए । नगरपालिकाले १० लाख रकमबाट विपत् तथा प्रकोप व्यवस्थापन कोष खडा गरेको थियो । सोही अनुसार विपत्् तथा प्रकोप व्यवस्थापनको लागि कोषमा सहयोग रकम दिन प्रतिदिन थपिदै गएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २९ गते शनिबार