कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाले विभिन्न व्यक्ति तथा संघ संस्थाबाट प्राप्त भएको सहयोगको विवरण सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गाउँपालिकाले अहिले सम्म प्राप्त भएको जिन्सी तथा नगद् सहयोगको विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकूरीले अहिले सम्म स्थानीय प्रकोप व्यवस्थापन कोषमा २ लाख ७७ हजार मध्ये नगद् ८६ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए ।
उक्त कोषमा प्रदेश नम्बर पाँच की प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सबै भन्दा बढी ८६ हजार ५ सय ३० रुपैयाँ जिन्सी, एन.आइ.सी. एसिया सम्झना शाखाले ७५ हजार जिन्सी र वातावरण तथा ग्रामिण विकास केन्द्रले ५१ हजार नगद् सहयोग प्रदान गरेका छन् । यस्तै चुलिमालिका कृषि सहकारी सस्थाले १० हजार नगद्, वनकटुवा बचत समूहले ५ हजार नगद्, एन प्यावसन बैजनाथले ३० हजार जिन्सी, एभरेष्ट कृषि सहकारी सस्थाले २० हजार रुपैयाँ सहयोग गरेको उनले बताए ।
यसैगरी उक्त कोषमा श्री सरस्वती इंलिस स्कुलले चामल ५ सय के.जी. दाल २० के.जी, प्यावसन बैजनाथले ५ सय के.जी. दाल ४० के.जी. र डेक नेपालले चामल ६ सय २० के.जी. दाल ६२ के.जी., तेल ३१ लिटर,नुन ६२ के.जी. साबुन ३ सय १० पिस,मास्क १हजार २ सय ४० वटा,सिटामोल ट्यावलेट ६सय २० र जीवनजल ६२ प्याकेट सहयोग गरेका हुन् ।
उक्त अवसरमा गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्म राहत प्राप्त गर्ने हरुको संख्या समेत सार्वजनिक गरिएको थियो । वडा नम्बर २ सय ९३, वडा नम्बर २ मा ४ सय ७२, वडा नम्बर ३ मा ४ सय ३७ जनाले राहत प्राप्त गरेका छन् भने वडा नम्बर ४ मा २ सय ९३ जना, वडा नम्बर ५ मा ३ सय ५१ जना ,वडा नम्बर ६ मा २ सय ६२ जना, वडा नम्बर ७ मा १ सय ३५ जना र वडा नम्बर ८ मा ३ सय ८५ जना गरि जम्मा २ हजार ६ सय २८ जनाले राहत प्राप्त गरेका छन् । भने गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा जम्मा ६ जना पुरुष रहेको जनाइएको थियो ।
अध्यक्ष ठकूरीले सरकारले हाल एकद्धार प्रणाली बाट राहत उपलब्ध गराउन परिपत्र गरे अनुसार नै वितरण भइरहेको बताएका छन् । ‘हामीले गाउँपालिकामा रहेका विपन्नहरुको पहिचान गरेर आवश्यकताको आधारमा वितरण गरिररहेका छौ’ उनले भने, ‘लकडाउनको अवधिमा समस्यामा परेकाहरुका लागि हामीले वडास्तरबाट सहजीकरण गरिरहेका छौ ।’









प्रतिक्रिया दिनुहोस्